अमेरिकामा नांगा युवतीका सरीरमा पाहुनालाई खाना पस्किने होटेल खुलेको समाचार केही समय पहिले सार्वजनिक भएको थियो । यस्तै अनौठो प्रकारको रेष्टुरेन्ट थाइल्याण्डमा पनि संचालनमा छ । थाइल्याण्डको एक प्रसिद्ध रेष्टुरेन्ट मानिने उक्त रेष्टुरेन्ट तथा रिसोर्टको विशेषता सुन्दा तपाइँलाई हाँसो उठ्नसक्छ । त्यो के भने, तपाइँ यदि उक्त रेष्टुरेन्टमा भोजनका लागि पुग्नुभयो भने कण्डमको टोपी लगाएका वेटर आउनेछन् र तपाइँको अर्डर लिनेछन् । क्याबेज एण्ड कण्डम रेस्टुरेन्ट एण्ड रिसोर्ट नामको उक्त रेष्टुरेन्ट वास्तवमा कण्डममय छ भन्दा फरक नपर्ला । जहाँ कण्डमकै कार्पेट छ, रेष्टुरेन्ट भित्र भएको प्लास्टिकका कृत्रिम रुखहरुमा समेत कण्डमकै फूल फूलाइएको छ । बैंककमा रहेको यो रेष्टुरेन्टमा पाहुनाको स्वागतमा एक पुतला उपस्थित हुन्छ जसले केवल कण्डम मात्रै लगाएको हुन्छ । रिसेप्सनमा कुनै सुन्दरी युवती छैनन्, केवल एक भाँडोमा कण्डम राखिएको छ । ढोका, टेबुल तथा कुर्सी लगायतका सबै डिजाइनमा कण्डमकै प्रयोग गरिएको छ । तपाइँलाई लाग्न सक्छ की यो रेष्टुरेन्टका मालिकले केवल अरुको ध्यान तान्नका लागि यो सब गरिरहेका छन् । तर होइन । यसका मालिक थाइल्याण्डका पूर्व मन्त्री हुन् । उनको नाम हो मेकाई विरावैद्या । उनी एक सामाजिक कार्यकर्ता पनि हुन् र एचआइभी एड्सको विषयमा जागरुकता फैलाउने काममा सक्रिय छन् । सोही सिलसिलामै उनले उक्त कण्डम रेस्टुरेन्ट खोलेका हुन् । विरावैद्या मिस्टर कण्डमको नामले पनि चिनिन्छन् । एचआइभी एड्स जस्ता यौनरोगबाट बच्नका लागि गर्भपतन कम गर्न र जन्मदर समेत घटाउनका लागि कण्डमको प्रयोग सबैभन्दा राम्रो हुने कुराको चेतना फैलाउन आफुले कण्डम रेष्टुरेन्ट खोलेको उनको दाबी छ । रेष्टुरेन्टको नारा नै राखिएको छ, हामी ग्यारेन्टी लिन्छौँ की हाम्रो खानाले गर्भ रहँदैन ।